०४६-५२०१८६ |  dcsisarlahi@gmail.com | English

परिचय

सर्लाही जिल्ला नेपालको  मधेश प्रदेश को ८ जिल्लाहरु मध्येमध्य भागमा रहेको अत्यधिक जनघनत्व भएको सर्लाही जिल्लबको पूर्वमा महोत्तरी, उत्तरमा सिन्धुली, पश्चिममा रौतहट जिल्ला तथा दक्षिणमा भारतको विहार प्रान्तको सितामढीसँग जोडिएको छ । कुल क्षेत्रफल १२५९ वर्ग कि.मि. रहेको छ । जिल्लाको औसत लम्बाई (उत्तर”दक्षिण) ३२ कि.मि. र औसत चौडाई (पूर्व”पश्चिम) ४० कि.मि. रहेको छ। भारतसंग जोडिएको सीमाको लम्बाई ४६ कि.मि. रहेको छ। यस जिल्लाको पूर्वमा बाँके तथा हर्र्दी नदी र पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन् ।

उधोग परिषदको स्थापना १९९२ मंसिर ९ गते ।वि. स. १९९६ सालमा व्यवसायिक तालिमको माध्यमबाट रोजगारीको अवसर सृजना गर्ने उदेश्यले नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको स्थापना । उक्त उदेश्य परिपुर्तिका लागी घरेलु इलम केन्द्र भनी नाम परिवर्तन ।वि.स. २०२१र०२२ मा अञ्चल केन्द्रको अवधारणा लिई मुलुकभर १४ अञ्चलमा केन्द्रहरुको स्थापना र तत्पश्चात क्षेत्रिय र जिल्ला स्तरीय कार्यालहरुको गठन भई व्यवसायिक तालिमहरु संचालन। उद्योग प्रशासनको कार्य समेत गर्ने गरी वि।स।२०३० सालमा विभागको कार्य क्षेत्र विस्तार तथा नाम परिवर्तन गरी घरेलु तथा ग्रामिण उद्योग विभाग नामाकरण । वि.स.२०४९ सालमा विभागको संगठनको पुर्नसंरचना परिवर्तन गरी साना उद्योगको समेत प्रशासन हेर्ने गरी कार्यक्षेत्रमा थप विस्तार गरी घरेलु तथा साना उद्योग विभाग नामाकरण तथा साविकको क्षेत्रीय कार्यालय खारेज गरी जिल्ला स्तरीय कार्यालयहरु कायम । तालिम कार्यक्रमहरुमा दोहोरोपन हटाउन र मितब्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्ला विभाग अन्तर्गत र ४८ जिल्ला घरेलु तथा साना उद्योग विकास समिति समिति ऐन अन्तर्गत गठित समिति अन्तर्गत संचालन । वि.स. २०३९ सालमा घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको स्थापना भएको थियो । स्थानीय निकायको गठन पछि यो कार्यालय मलंगवा नगरपालिकाको कार्यालय अन्तर्गत उद्योग विकाश शाखाको रुपमा केही समय कार्य संचालन गरेको थियो । त्यसपश्चात वि. स.२०७५ सालमा प्रदेश सरकार गठन भएपछि यो कार्यालय उद्योग, पर्यटन, तथा वन मन्त्रालय अन्तर्गत रही कार्य संचालन भएको थियो ।हाल मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा उद्योग विभाग अन्तर्गत रही कार्य संचालन गरिरहेको छ ।

2023 Copyright @ CSIO, Sarlahi Designed by:- IT Home Pvt. Ltd.