०४६-५२०१८६ |  dcsisarlahi@gmail.com | English

उद्योग बर्गिकरण

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार उधोगको वर्गिकरणः-

क. लघु उधमः- अनुमति लिनु पर्ने उधोग बाहेक देहायको अवस्था भएको उधोगलाई लघु उधम मानिनेछः-

  •  घर जग्गा बाहेक बढीमा बीस लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेको
  •  उधमी स्वयं उधोगको संचालन र व्यवस्थापनमा संलग्न रहेको
  •  उधमी सहित बढीमा नौ जनासम्म कामदार रहेको
  •  वार्षिक कारोवार एक करोड रुपैयाँभन्दा कम रहेको
  • इन्जिन उपकरण वा मेशिनको प्रयोग गरेको भएमा इन्जिन उपकरण वा मेशिनमा खपत हुने
  • विधुतीय ऊर्जा इन्धन वा अन्य तेल इन्जिनको क्षमता बीस किलोबाट वा सोभन्दा कम रहेको

ख. घरेलु उधोगः- देहायको अवस्था भएको उधोगलाई घरेलु उधोग मानिनेछः-

  •  परम्परागत सीप र प्रविधिमा आधारितश्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि कला तथा संस्कृतिमा आधारित
  •  इन्जिन उपरकरण वा मेशिनको प्रयोग गरेको भएमा बढीमा पचास किलोवाटसम्मको क्षमताको विधुतीय ऊर्जा प्रयोग गरेको
  •  अनुसूची-२ मा उल्लेख भए बमोजिम उधोगहरु ।

ग. साना उधोगः-
 लघु उधम र घरेलु उधोग बाहेकको पन्ध्र करोड रुपैयाँ सम्म स्थिर पूँजी भएको उधोग

घ. मझौला उधोगः-
पन्ध्र करोड रुपैयाँभन्दा बढी पचास करोड रुपैयाँ सम्म स्थिर पूँजी भएको उधोग

ङ. ठुला उधोगः-
पचास करोड रुपैयाँभन्दा बढी स्थिर पूँजी भएको उधोग

उधोगबाट उत्पादनको वर्गीकरणः-

 

  •  ऊर्जामूलक उधोग
  •  उत्पादनमूलक उधोग
  •  कृषि तथा वन पैदावारमा आधारित उधोग
  •  खनिज उधोग
  •  पूर्वाधार उधोग
  •  पर्यटन उधोग
  •  सूचना प्रविधि, संचार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उधोग
  •  सेवामूलक उधोग

2023 Copyright @ CSIO, Sarlahi Designed by:- IT Home Pvt. Ltd.