उद्योग दर्ता गर्नुपर्ने कारणः
- उद्योग व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नुपर्ने कानूनी प्रावधान रहेको ,
- ऐन, कानूनाबट प्रत्यभुति गरेका सुविधा र सहुलियत लिनका लागि,
- सरकारी राजस्व प्राप्तिका लागि कानूनी दायरामा ल्याउँदा सरल, सहज एवम् पारदर्शि हुने,
- उद्योग, व्यवसायको नियमित अनुगमन, नियमन, निरिक्षण, संरक्षणका लागि सहज हुने,
- उद्योग, व्यवसायको तथ्यांकिय अभिलेख दुरुस्त राख्न,
- कानूनी कारबाही प्रक्रिया गर्न, गराउन सहज एवम् छिटो छरितो हुने,
- उत्पादित वस्तुको स्वदेशी तथा विदेशीबजारमा आफ्नो पहिचान सहितको बिक्री गर्न र निर्यातमा सरलीकरण गर्न,
- औद्योगिक उत्पादन, उपभोग एवम् आपूर्ति व्यवस्थापनको लेखाजोखा गर्न सजिलो हुने,
- संस्थागत रुपमा बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने ऋण प्रवाह प्राप्त गर्न,
- आर्थिक रुपमा आफ्नो लगायत समाज र राष्ट्रको अवस्था सवल बनाउन ।
